अनियमितता

पसलबाट महिनावारी रकम असुल्ने सईविरुद्ध मुद्धा

इकागज |
पुस ३, २०७९ आइतवार १७:४६ बजे

काठमाडौं–पसलका सञ्चालकहरुसँग महिनावारी पैसा असुल्ने नेपाल प्रहरीका सईविरुद्ध मुद्धा दर्ता गरिएको छ । सीमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको हो । 

चौधरीले धनुषाको नगराइन नगरपालिका–२, जटहीस्थित पसलका सञ्चालकसँग महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने भन्दै पैसा असुल्ने गरेका थिए । उनले पसलमा घूस माग गरेको उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको छ । चौधरीलाई चार हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


चौधरीले आफ्नो कार्यालयको मोटरसाइकल बनाउने बहानामा पैसा असुल्ने गरेका थिए ।

घूस लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ.को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएकोले चौधरीलाई नौ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरिएकाे छ ।


Author

थप समाचार
x