अनियमितता

कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला मंगलबार

इकागज |
भदौ ५, २०७९ आइतबार १८:४१ बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मंगलबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मंगलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । 


कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा संंघ प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।


Author

थप समाचार
x