अनियमितता

सेवाग्राहीसँग घूस माग्‍ने अमिनमाथि भ्रष्टाचारको अभियोग

इकागज |
असार १२, २०७९ आइतबार १६:२६ बजे

काठमाडौँ- जग्गाको हाल साविक गर्दा सेवाग्राहीसँग घूस माग्‍ने अमिनमाथि भ्रष्टाचारको अभियोग लागेको छ । भैरहवा नापी कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझीले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अभियोगसहित आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले सेवाग्राहीबाट ३० हजार घूस लिइसकेको अवस्थामा २०७९ जेठ १७ मा नियन्त्रणमा लिएको थियो । अनुसन्धानका सिलसिला अमिन रायमाझी घूस लिएको प्रमाणित भएपछि मुद्दा दायर गरेको हो ।


आयोगले मुद्दा दायर गरेसँगै अमिन रायमाझी स्वतः निलम्बन पर्नेछन् । अदालतबाट भ्रष्टाचारी प्रमाणित भएको खण्डमा बिगो बमोजिम सजाय, जरिवाना, कैद भुक्तान गर्नुपर्नेछ । त्यस अतिरिक्त पेन्सन समेत पाउने छैनन् ।
 


Author

थप समाचार
x