वार्ता

सन्दर्भ : अगस्त ६

हिरोसिमामा बम खसाल्ने जहाजका एक पाइलट पलसँग अन्तर्वार्ता

इकागज |
साउन २१, २०७९ शनिवार १०:२८ बजे

१९४५ अगष्ट ६ मा विश्वमा पहिलो पटक आणविक बम प्रहार गरिएको थियो । यस घटनालाई आधार मानेर यो दिनलाई हिरोसिमा दिवसको रूपमा सम्झना गर्ने गरिन्छ । दोश्रो विश्वयुद्धको यही बमबारीका कारण अन्त भएको विश्वास गरिन्छ । जापानको हिरोसिमा शहरमा भएको पहिलो आणविक बम प्रहारबाट झण्डै १ लाख ५० हजार मानिसहरूको मृत्यु भएको थियो । लिटिल ब्वाइ नाम दिइएको उक्त परमाणु बम प्रहारको तीन दिनपछि अगष्ट ९ मा अर्को शहर नागासाकीमा पनि फ्याट ब्वाइ नामक आणविक बमको आक्रमण गरिएको थियो । यसमा करिब ७५ हजार मानिसको ज्यान गएको थियो । 

हिरोसिमामा बम खसाल्ने जहाजका एक पाइलट पल टिबेट्स (Paul Tibbets) ले २००२ मा द गार्जियनलाई दिएको अन्तर्वातामा भनेका छन् । बम खसालेकामा मलाइ कुनै ग्लानि छैन ।  द गार्जियनका स्टुडस टर्केल (Studs Terkel)ले अन्तर्वार्ता गरेका थिए । अन्तर्वार्ताको सुरुवात पलको उमेरको विषयलाई लिएर भएको थियो । २००२ को अगष्ट ६ मा छापिएको अन्तर्वार्ताको नेपाली भावानुवाद अर्जुन अपवादबाट : 


स्टुडस: हामीले यो रेष्टुरेण्टमा भर्खरै मिठो खाना खायौं । यहाँ धेरै मानिसहरू ओहोरदोहोर गरिरहेका छन् । तर कसैले पनि तपाँईका बारेमा पत्ता पाएका छैनन् । तपाँइले दोश्रो विश्वयुद्धमा इनोला गे नामको हवाईजहाज उडाउनुभएको थियो । सन् १९४५ को अगष्ट ६ आइतबार बिहान त्यसले पहिलो आणविक बम खसालेको थियो । त्यसले एउटा अवस्था नै बदलिदिएको थियो र तपाँई त्यसको पाइलट हुनुहुन्थ्यो। 

पल: हो म त्यो पाइलट थिएँ ।

स्टुडस: इनोला गे नामचाँहि.....
 
पल: मेरी आमाको । मेरो बासँग विवाह गर्नुअघि उहाँको नाम इनोला गे हगर्ड थियो । बुबाले मलाइ उडान क्षेत्रमा कहिल्यै प्रोत्साहन गर्नुभएन । उहाँ हवाइजहाँज र मोटरसाइकल मन पराउनुहुन्नथ्यो । जब मैले कलेज छाडेर वायुसेनाको हवाइजहाज चलाउने कुरा सुनाएँ, बाले भन्नुभयो मैले तिमीलाई कलेज पठाएँ । गाडी किनिदिएँ । केटी घूमाउन पैसा पनि दिएँ । अब जे गर्छौ गर । मरे पनि मर् । मलाइ मतलब छैन । त्यहिबेला आमाले भन्नुभयो पल तिमी जहाज उडाउन गइरहेका छौँ भने राम्रै गरिरहेका छौँ । त्यही भएर । 

स्टुडस: त्यो कहाँ भएको थियो ?

पल: अँ मियामी फ्लोरिडामा । मेरो बुबा त्यहाँ धेरै वर्षदेखि घरजग्गा (रियल स्टेट)को व्यापार गर्नुहुन्थ्यो र त्यस समयमा अवकास पाउनुभएको थियो । म फ्लोरिडाकै गेइन्सभिलमा रहेको स्कुलमा पढ्थें । २ वर्षपछि म किन्सिन्टी गएँ किनभने फ्लोरिडामा मेडिकल स्कुल थिएन । 

स्टुडस: डाक्टर बन्ने सोच थियो ?

पल: मैले त्यस्तो सोचेको थिइनँ । त्यो मेरो बुबाको सोचाइ थियो । उहाँ भन्नुहुन्थ्यो तिमी डाक्टर बन्नुपर्छ । म टाउको हल्लाउँथे । एक वर्षपछाडि म हवाइ क्षेत्रमा लागें र जहाज उडाँए । मलाई यो चुनौती नै थियो । त्यसपछि मलाइ लाग्यो मैले जहाज उडाउनुपर्छ । 

स्टुडस: १९४४ मा तपाँइ B-29 बम खसाल्ने कार्यक्रमको लागि परीक्षणका रूपमा पाइलट हुनुभयो । तपाँइले सो कामको विशेष जिम्मेवारी कहिले पाउनुभयो ? 

पल:  १९४४ को सेप्टेम्बरको एक दिन म B-29 को परीक्षण उडानमा थिएँ । मैले जहाज ल्याण्ड गरेपछि मलाइ एकजनाले भेट्नुभयो । उहाँले भन्नुभयो भर्खरै कोलोराडो स्प्रिङ्सका जनरल उजल एन्ट (सेकेण्ड एयर फोर्सका कमाण्डर)ले मलाई फोन गर्नुभयो । उहाँ तपाँईलाई भोलिपल्ट बिहान ९ बजे कार्यालयमा भेट्न चाहनुहुन्छ । भेट गर्न आएका मानिसहरूले मलाई भन्नुभयो ‘आफ्ना लुगाकपडा / र आवाश्यक पर्ने अरु सामाग्रीहरू लिएर आउनु किनभने तपाँइ अब यहाँ फर्कँनुहुन्न ।’ यो किन भनिएको हो भन्नेमा मैले चासो दिइन । यो अर्को जिम्मेवारी पो रहेछ । 

म बिहान भनेकै समयमा कोलोराडो स्प्रिङ्गस गएँ । ल्यान्सडेल नाम गरेको मानिसले मलाइ एन्टको कार्यालय पुर्‍याए । कार्यालयमा पसेपछि ढोका लगाए । उनीसँग US Navy captain विलियम पर्सन्स र कोलम्बिया विश्वविद्यालयको अणु भौतिकशास्त्रका प्रोफेसर डा नोरम्यान रामसे थिए । पर्सन्सले निलो सुट लगाएका थिए र उनी मसँगै हिरोसिमामा गएका व्यक्ति थिए । नोरम्यानले भने हामी अहिले म्यानहट्टन परियोजनाको काम गरिरहेका छौं । यसमा हामी परमाणु बम बनाउने काम गरिरहेका छौ । यो काम गर्दै गर्दा हामीलाई के लाग्यो भने विमान भएन भने हामी यो काममा धेरै अगाडि बढ्न सक्दैनौं । 

उनले मलाइ यो कामका बारेमा ४५-५० मिनेट व्याख्या गरे । त्यसपछि तिनीहरू त्यहाँबाट निस्किएँ । एन्टले मतिर हेरेर भने हिजो जनरल आर्नोल्ड (आर्मी एयर क्रप्सको महासेनानी)ले मलाई तीन जनाको नाम सिफारिस गरेका छन् । ती तीनजनमा दुई जना फूल कर्नेलहरू थिए । एकजना म नै रहेछु । म चाँहि लेफ्टिन्ट कर्नेल ।  

जनरल आर्नोल्डले यो आणविक हतियारको काम कसले गर्न सक्छ भन्दा एन्टले पल टिबेट्सले गर्न सक्छ भनेका रहेछन् । मैले उनलाई यसका लागि धन्यवाद भनें । त्यसपछि उनले मलाई अहिलेसम्म के के भएको छ भनेर बताए र संस्थाका मानिसलाई युरोप र टोकियो दुवै ठाउँमा आणविक हतियार खसाल्नका लागि तालिम दिन आवाश्यक प्रबन्ध गर्न भनियो । 

स्टुडस: चाखलाग्दो कुरा । बम युरोपमा पनि खसाउने कुरा रहेछ । त्यो त हामीलाई थाहा थिएन । 

पल: मलाई दिइएको आदेश प्रष्ट थियो । लगातार युरोप र जापानमा बम खसाल्न गोप्यताका कारण सम्भव भएन । एक ठाउँमा नखसालिकन अर्को ठाउँमा खसाल्न सम्भव थिएन । त्यसपछि उनले भने मैले तपाँइलाइ अब के गर्ने भनेर भनिराख्न परेन । तपाईंले आफूले प्रयोग गरेको B-29 जहाजसँगै सुरुवात गर्नुपर्छ । मैले सैनिक तालिम नेब्रास्काबाट लिएको हुँ । हामीले पाएकामध्ये यो उत्कृष्ट तालिम हो । म चाहन्छु तपाँइ त्यहाँ जानुस् । तिनीहरूसँग कुराकानी गर्नुस् । तपाईँलाई जे चाहना छ त्यो गर्नुस् ।  यदि तपाईँलाई त्यो उपयुक्त भएन भने तपाईँले केही त प्राप्त गर्नुहुन्छ ।  कसैले तपाईँलाई यसो गर भन्ने छैनन् किनभने कसैलाई थाहा छैन । यदि हामीले तपाँईका लागि कुनै सहयोग गर्न सक्छौं भने भन्नुस् । मैले उनलाइ धन्यवाद भनें । उनले भने पल आफ्नो जिम्मेवारी कसरी पुरा गर्ने भन्नेमा होसियार तथा चनाखो हुनुस् । यो सफल भयो भने तपाईँ सम्भवत हिरो हुनुहुनेछ । असफल भयो भने जेलमा कैदी । 

स्टुडस: तपाईँलाई परमाणु बमको शक्तिका बारेमा थाहा थियो ? त्यसका बारेमा बताइएको थियो ? 

पल: अँह, मलाई त्यसका बारे त्यसबेला केही पनि थाहा थिएन । तर म संस्थाको काम कसरी राम्रोसँग गर्ने भन्नेमा जानकार थिएँ । उनले भने गएर ठाउँहरू हेर र कुन मन पर्छ खबर गर । मैले ग्य्राण्ड आइल्याण्ड नेब्रस्का चाहें । म ग्य्राण्ड आइल्याण्ड नेब्रस्का फर्कन चाहन्छु । त्यहाँ मेरी श्रीमति र २ बच्चाहरू पनि छन् । मैले आफ्ना लुगा धुन र अरु काम पनि गर्न सक्छु । तर मैले सोचें म पहिला उताहको सैनिक हवाइ अड्डा वेन्डवोभर जानेछु र तिनीहरूले के पाए पत्ता लगाउनेछु । मैले पहाडहरू कटेर आएपछि यो सुन्दर ठाउँ देखें । यो सैनिक तालिम गर्ने केन्द्र थियो । त्यहाँ रहेका सैनिकहरू P-47 लडाकुको पोशाकमा थिए । लेफ्टिनेन्ट कर्नेल इन्चार्जले भने हामीलाइ यहाँ रोकिनका लागि भर्खरै सुझाइएको छ । मलाइ थाहा छैन तपाँइहरू के चाहनुहुन्छ । तपाईँहरू यस ठाउँमा केही गर्न चाहनुहुन्छ भने म अहिलेसम्म पुगेकामध्ये यो एकदमै उपयुक्त ठाउँ हो ।  तपाईँहरूसँग पूर्ण मेसिन पसल छ । यहाँ सबै जना योग्य छन् । तिनीहरू के गर्ने नगर्ने भन्नेमा जानकार छन् ।  यो उपयुक्त ठाँउ हो । 

स्टुडस: त्यसपछि तपाईँले आफ्नो टोली छनौट गर्नुभयो ? 

पल: अँ, मैले यसका लागि मानसिक तयारी गरिसकेको थिएँ । मैले थाहा पाइसकेको थिएँ टोलीमा टम फेरेबी (एनोला गे जहाजको बमवर्षक), थियोडर डच भ्यान क्रिक (जहाजको दिशा हेर्ने विज्ञ) र वायत डेजुनबरी (उडान इञ्जीनियर) थिए । 

स्टुडस: तपाईँहरू युरोपमा पनि उड्नुभयो कि ? 

पल: अँ.

स्टुडस: अनि त्यतिबेला तपाईँहरू तालिममा हुनुहुन्थ्यो । तपाईँले रोबर्ट ओपनहाइमर (म्यानहत्तन परियोजनाका वरिष्ठ वैज्ञानिक) हरूसँग पनि कुरा गर्नुभयो कि ? 

पल: मैले तीनपटकसम्म सोचें म लस अलमोस (म्यानहत्तन परियोजनाको केन्द्र) जानुपर्छ । प्रत्येकपटक मैले त्यहाँ जाँदा ओपेनहाइमरले आफ्नै तरिकाले काम गरिरहेको देखे । पछि यसबारेमा सोचें यहाँ दिग्गज युवाहरू छन् । ऊ लगातार चुरोट खाइरहने र रक्सी पनि खाइरहेको छ । उ मोटा मानिसहरूलाई घृणा गर्छ । म्यानहत्तन परियोजनाको प्रमूख जनरल लेस्ली ग्रोभ आफैं मोटो थियो र रक्सी पनि खान्थ्यो । यी दुइजना बास्तवमै अमिल्दा जोडी थिए । 

स्टुडस: ग्रोभ्स र ओपेनहाइमर झगडा गर्थे कि ?

पल: अँ, तर यस्तो देखिन्नथ्यो । तिनीहरूसँग झगडा गर्न फूर्सद नै थिएन। आफ्नै काममा व्यस्त भैरहन्थे ।  

स्टुडस: ओपेनहाइमरले बमले गर्ने विनाशका बारेमा तपाईँलाई कुनै कुरा भनेका थिए ?

पल: अँहँ.

स्टुडस: कसरी तपाईँले त्यसका बारेमा थाहा पाउनुभयो ? 

पल: डा रामसेबाट । उनले यो विष्फोट हुँदा २०००० टन TNT बराबरको शक्ति निस्कन्छ भनेर एउटा कुरामात्र भनेका थिए । मैले 1lb TNT को विष्फोटभन्दा ठूलो देखेको थिइनँ । मैले 100lbs TNT को विष्फोटभन्दा ठूलो विष्फोट देखेका मान्छे भेटेको पनि थिइनँ । त्यसपछि मलाइ लाग्यो धेरै नै ठूलो विष्फोटले प्रलय नै हुने रहेछ ।

स्टुडस: बीस हजार टन । त्यती बमले कतिवटा हवाइजहाजहरू भरिन्छन होला?
पल: अँ, मलाइ लाग्छ ती हिरोसिमा र नागासाकीमा खसालिएका २ बमहरू युद्धका बेला हाम्रो हवाइ टोलीले पुरै युरोपभर खसालेका सबै बमहरूलाई एकैपटक पड्काउँदा निस्कने शक्तिभन्दा शक्तिशाली थिए । 

स्टुडस: त्यसो भए रामसेले तपाईँलाई बमले पार्ने क्षतिको सम्भावना बताएका थिए ?
ल: उनले मलाई जानकारी दिनेबेलासम्म त्यो सिद्दान्तमा मात्र सीमित थियो । म युद्दमा जान तयार भएको कुरा भन्न लागेको थिएँ । मलाई ओपेनहाइमरसँग बम खसालेपछि कसरी भाग्ने भन्ने सोध्नु थियो । मैले उनलाई हामीले युरोप रअफ्रिकामा बम खसाल्दा हामी बमकै दिशातिर सिधै अगाडि जाने गर्दथ्यौं, अब यहाँ के गर्ने भनेर सोधें । उनले भने तिमीले सिधैँ उड्न मिल्दैन किनभने तिमी सिधैँ यो विष्फोटको माथि हुन्छौ र कसैलाई तिमी त्यहाँ भएको थाहा हुँदैन । उनले भने 'मैले बढ्दो गतिमा दिशा परिवर्तन गर्नुपर्छ ।' मैले भनें 'मलाई अलिअलि त्रिकोणमिति र भौतिकशास्त्र थाहा छ । यसका लागि कुन रेखामा जानुपर्छ ?' उनले भने 'यसमा १५९ डिग्री को दिशा लिनुपर्छ ।' "जतिसक्दो चाँडो १५९ डिग्रीमा फर्केपछि तिमी बम पड्केको ठाउँबाट धेरै टाढा पुग्न सक्छौ ।"

स्टुडस: तपाईँले फर्कनका लागि कति समय लगाउनुभयो ? 
पल: मैले यसका लागि अभ्यासमा धेरै समय लगाएँ । बम १५ सय फिटमाथिबाट खसाल्नुपर्ने थियो । १५९ डिग्रीमा फर्कनका लागि मलाई ४०-४२ सेकेण्ड लाग्यो । म वेन्डवोभर गएँ र जहाँज लिएँ । मैले २५०० फिटसम्मको उचाइमा अभ्यास गरें । अभ्यास गर्दा गर्दा यसरी फर्कन ४० सेकेण्ड लाग्ने भयो । पुच्छर गज्जबले हल्लियो र मलाई भाँचियो कि भन्ने लाग्यो तर मैले छोडिनँ । यो मेरो लक्ष्य थियो । म यही मात्र सोचेर अभ्यास गरिरहें । मैले ४० देखि ४२ सेकेण्डका बिचमा यो काम गर्न सक्ने भएँ । त्यसपछि काममा जाने दिन आयो ।
 
स्टुडस: अगष्ट ५ मा तपाईँलाई ल काममा अघि बढ्नुस भनियो ?
पल: अँ । काममा अघि बढ्नुस भन्ने सन्देश पाउँदा म अमेरीकी टापु तिनियानमा थिएँ । तिनीहरूले यसलाई नर्वेजियन मौसम केन्द्रको गुआम पठाएका थिए । मसँग त्यो प्रतिवेदनको कपी पनि थियो । मौसमको भविष्यवाणीअनुसार अगष्टको छैठौ दिन होन्सु (हिसोसिमा भएको टापु)को मौसम राम्रो हुने थियो । त्यसै भएर हामीले त्यसका लागि सबै तयारी गर्‍यौं । जाने टोली तयार भयो, जहाजमा सामाग्रीहरू राखियो, टोलीलाई व्याख्या गरियो । सबै कुराहरूको जाँचपड्ताल गरियो । शत्रुको किल्लामा उड्नुअघि जाँचपड्ताल गर्नैपर्छ । 

जनरल ग्रुभसँग ब्रिगेडियर जनरल थिए उनीसँग विशेष टेलिटाइप थियो र उनको सम्पर्क वासिङ्गटन डिसिसँग थियो । उनले त्यहाँ बसेर सबैलाई सांकेतिक रूपमा निर्देशन दिए । हामी ६ तारेखको मध्यरातमा उड्ने गरि जहाजहरूको तयारी गरिरहेका थियौं । हामीले ५ तारेखको दिउँसो ४ बजे जाने तयारी गर्‍यौ । हामीलाई राष्ट्रपतिको आदेश आइसकेको थियो । यी बमहरू तिमीले चाहेअनुसार प्रयोग गर । तिनीहरूले तिमीलाई भनेको ठाउँमा बम खसाउनका लागि बिहानको ९:१५ बजेको समय दिएका थिए । तर त्यो तिनियान समय थियो । जापानको भन्दा १ घण्टा ढिलो । मैले डचलाइ भनें तिमी समय निधो गर यो काम ९ बजे गर्नका लागि राति कतिबजेबाट काम सुरु गर्नुपर्छ ।
 
स्टुडस: त्यो आइतबार बिहान भयो ?
पल: हो, हामी रनवेमा बिहानको २:१५ बजे पुग्यौं र जहाज उडायौं । हामीले हामीसँग सम्बन्धित मानिसहरू भेट्यौं । हामीले पहिले सल्लाह भए अनुसार नै भौगोलिक अवस्थामा जहाज उडायौं । यसमा कुनै गलत हुनु हुँदैनथ्यो । हामीले सबैभन्दा उत्कृष्ट काम गर्नुपर्ने थियो । त्यहाँ कुनै पनि गल्ती भएको थिएन । 

(भावानुवाद : अर्जुन अपवाद)


Author

थप समाचार
x