बीमा

बीमा समितिले गर्‍यो नयाँ निर्देशिका स्थगन

व्यवसायीको आन्दोलन स्थगित

इकागज |
बैशाख १२, २०७९ सोमवार १५:४८ बजे

काठमाडौंँ – बीमा समितिले ल्याएको नयाँ निर्देशिका स्थगन गरेको छ। समितिबाट जारी इञ्जिनीयरङ बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गरेको हो। 

आज काठमाडौंँमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान) लगायत विभिन्न सरोकारवालाहरुसँग भएको इञ्जिनीयरङ बीमा दरसम्बन्धी छलफल गरेर हालको लागि निर्देशिका स्थगन गरेको हो। 


बीमा समितिबाट मिति २०७८ साल असोज ६ गते जारी भएको इञ्जिनीयरङ बीमा सम्बन्धी न्युनतम दर रेट सम्बन्धी निर्देशिका हाललाई स्थगन गरेको  यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहेको उपसमितिमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान), नेपाल बीमक सङ्घ र पुनर्बीमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासङ्घ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बीमा समितिका प्रतिनिधि सदस्य-सचिव रहेका छन् । उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ । 

यसैगरी, कार्यक्रममा इञ्जिनीयरङ बीमा दरसम्बन्धी निर्देशिका विरूद्ध आन्दोलनरत निर्माण व्यवसायी महासङ्घ, इप्पान लगायतले गर्दै आएका धर्ना लगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरू स्थगन हाललाई स्थगन गर्ने निर्णय भएको इप्पान सदस्य उत्तम ब्लोन लामाले जानकारी दिए।

समिति अध्यक्ष सुर्यप्रसाद सिलवालले इञ्जिनीयरङ बीमा दर निर्देशिकाको सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार रहेको र सात दिनको लागि निर्देशिका स्थगन गरेको जानकारी दिए।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इञ्जिनीयरङ बीमा दरका सम्बन्धमा सरोकारवालाहरुसँग छलफलबाट निष्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति तयार रहँदा सात दिनका लागि  समितिको निर्देशिका स्थगन गरेको जानकारी दिए । समितिको नयाँ निर्देशिका विरूद्ध व्यवसायीहरूले आन्दोलन गर्दै आएका थिए।


Author

थप समाचार
x