पूर्वाधार

सरकारले २८ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राख्‍यो

इकागज |
जेठ १७, २०८० बुधबार ८:७ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- सरकारले २८ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कम्पनीहरूलाई तीन वर्ष, डेढ वर्ष र एक वर्षका लागि कालो सूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको १६ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) उपबमोजिम निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको हो ।


कलेज अफ इम्प्लोइमेन्ट प्रा. लि भरतपुर चितवनलाई ३ वर्ष, पप्पु कन्स्ट्रक्सन र कोशी एण्ड न्यौपाने प्रालिलाई २ वर्ष र वाइपी कन्सट्रक्सनलाई १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।  


Author

थप समाचार
x