घटना-दुर्घटना

बन्दीपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

इकागज |
पुस ३०, २०७८ शुक्रवार २२:५२ बजे

सांकेतिक फोटो

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो । रासस 



Author

थप समाचार
x