घटना-दुर्घटना

सडक दुर्घटनाको भयानक तस्बिर

पाँच वर्षमा सडक दुर्घटनामा १३ हजार नागरिकको मृत्यु

बढ्दो ग्राफमा दुर्घटनाको कारक बन्यो सडकको दुरावस्था !

कमल धिताल |
मंसिर १५, २०७८ बुधवार ७:३५ बजे

काठमाडाैँ - गत शनिबार  कैलालीमा बजार हिँडेका वसन्तराज शर्मा ट्रकको ठक्करले घटनास्थलमा नै मृत्यु भयो। घरयासी सामान लिन बजार गएका शर्मा बाटोमा दुर्घटनामा परेपछि परिवार भावविह्वल भयो । परिवारको मुख्य सदस्यको दुर्घटनमा मृत्यु भएपछि परिवारलाई अर्को दु:खले घेरेको छ ।

यस्तै  केही वर्ष अगाडि दाङमा मोटरसाइकलमा सवार दाङमा जीपको ठक्करबाट नेवकुमार चौधरीको मृत्यु भयो।  उनीसँगै सवार उनका साथी भने गम्भीर घाइते भए । घर नजिकै निस्केका उनका बाटैमा जीपको ठक्करले मृत्यु भएपछि उनकी आमा आजसम्म पनि छोराको बाटो हेर्दै आशु बगाउँछिन् ।


नेपालमा सवारी साधन दुर्घटनाको 'ग्राफ' हेर्दा दिनदिनै बढ्दै गएको देखिन्छ । सडक दुर्घटनामा एक दुई जनाको मृत्युको समाचार त हिजोआज सबैलाई सामान्य हुन थालेका छन् ।

दिनदिनै आउने यस्ता सवारी दुर्घटना बढेको समाचारले सवारी साधनमा चढ्ने बेलामा सकुशल गन्तब्यमा पुगिन्छ पुगिँदैन झनै अन्यौलता बढ्नु स्वभाविकै हो । सवारी साधनमा सिट पाउने, समयमा पुग्ने आशा भन्दा पनि विस्तारै जनमानसमा सकुशल घर पुग्नु नै ठूलो सपना हुँदैछ ।

नेपालमा सडक दुर्घटना अत्यन्तै भयवय बनेको छ । नेपालमा सडक दुर्घटनाको मुख्यकारण सडकको अवस्था, सवारीको अवस्था र चालकको अवस्था नै हो। कतिपय अवस्थामा भने पैदलयात्री तथा चौपायका कारणले समेत सवारी दुर्घटना हुने गरेका छन् । राजमार्गमा छोडिने चौपायले पनि सवारी दुर्घनामा गराउने गरेका छन् ।

नेपालमा विगत ५ वर्ष ४ महिनामा सडक दुर्घटनाबाट १३ हजार ३ सय ५१ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरूमा अधिकांस दुर्घटना कच्ची तथा साँघुरो सडकका कारण भएको प्रहरी बताउँछ ।

दुर्घटनाको डरलाग्दाे ग्राफ

सडक दुर्घटनाको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७३/०७४ मा १० हजार १ सय ७८ दुर्घटना हुँदा २३८४ जनाले ज्यान गुमाएका थिए जसमा गम्भीर घाइते ४ हजार २ सय ५० र साधारण चोटपटक लागेका ८ हजार २ सय ९० जना थिए ।

आ.व २०७४/०७५ मा मृतकको संख्या बढेको देखिन्छ । १० हजार ९ सय ६५ दर्घटना हुँदा २ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका देखिन्छ । यसमा गम्भीर र सामान्य घाइतेको संख्या १२ हजार ३ सय ९२ थियो ।

यस्तै आ.व २०७५/०७६ मा २ हजार ७ सय ८९ जनाले दर्घटनाबाट ज्यान गुमाए। १३ हजार ३ सय ६६ वटा दुर्घटना हुँदा सामान्य घाइते संख्या १० हजार ३ सय ६० थिए भने गम्भीर घाइतेको संख्या ४ हजार ३ सय ७६ थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा सडक दुर्घटनामा १५ हजार ५ सय ५९ दर्घटना हुँदा  २ हजार २ सय ५१ ले ज्यान गुमाए । ४ हजार ६ सय १५ गम्भीर घाइते हुँदा ११ हजार २ सय १९ मानिस सामान्य घाइते भएका थिए । कोभिड-१९ ले केही महिनामात्र यातायात सञ्‍चालन भएका थिए ।

त्यसैगरि आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक हेर्दा २० हजार ६ सय ४० दर्घटना हुँदा २५ सयले ज्यान गुमाए । जसमा ६ हजार ४ सय ४८ जना गम्भीर र १८ हजार ६ सय साधारण घाइते भएका थिए।

यता चालु आर्थिक वर्षको ४ महिनाको अवधिमै ७ हजार ७ सय ८३ दुर्घटना हुँदा ८ सय ८६ जनाले ज्यान गुमाएका छन् । जसमा २ हजार ३ सय ८५ गम्भीर तथा ८ हजार २ सय १६ सामान्य घाइते भएको तथ्यांकले देखाउँछ ।

माथिको तथ्यांक हेर्दा दुर्घटनाको संख्या बढ्दै गएको देखाउँछ । ५ वर्ष ४ महिनाको अवधिमा ७८ हजार ४ सय ९१ दुर्घटना भएका छन् । दुर्घटनामा ६४ हजार ९ सय ३२ साधारण घाइते भएका छन् भने २६ हजार २ सय १८ गम्भीर घाइते भएका थिए । यसरी करिव ५ वर्षको अवधिमा १३ हजार ३ सय ५१ जनाले दुर्घटनाबाट ज्यान गुमाएको तथ्यांकले देखाउँछ ।  

आर्थिक वर्ष

ज्यान गुमाएका

गम्भिर घाइते

साधारण घाइते

दुर्घटना संख्या

२०७३/०७४

२३८४

४२५०

८२९०

१०१७८

२०७४/०७५

२५४१

४१४४

८२४७

१०९६५

२०७५/०७६

२७८९

४३७६

१०३६०

१३३६६

२०७६/०७७

२२५१

४६१५

११२१९

१५५५९

२०७७/०७८

२५००

६४४८

१८६००

२०६४०

२०७८/०७९ चार महिना

८८६

२३८५

८२१६

७७८३

जम्मा

१३३५१

२६२१८

६४९३२

७८४९१

 

सडककाे दुरावस्‍थाले निम्‍त्‍याँछ ठूला दुर्घटना 

 नेपालमा सडक दुर्घटनाको कारण सडकको अवस्था, सवारीको अवस्था तथा चालकको अवस्था प्रमुख देखिन्छ । नेपालमा अधिकांस ठूला दुर्घटना सडकको अवस्थाले निम्त्याउने गरेको देखिन्छ । भर्खर तथा विना इन्जिनियरिङ निर्माण भएका साँघुरा सडकले पनि दुर्घटना बढाएको छ ।

विशेषगरी तराई क्षेत्र तथा राजमार्ग घुम्ती सडकले गर्दा पनि दुर्घटना निम्त्याउने गरेको छ । मादक पदार्थ सेवन, तीव्र गति, यान्त्रिक गडबढी जस्ता कारणले गर्दा पनि दुर्घटना हुने गरेका छन्।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर दुर्घटनामा सबैभन्दा बढी चालकको लापरवाहीले गर्दा बढेपनि कतिपय अवस्थामा भने 'ब्रेक-फेल' तथा अन्य कारण समेत हुने बताउँछन् । उनी भन्छन्, 'चालकले धैर गरेर सवारी साधन चलाउने हो भने धेरै हदसम्म दुर्घटनामा कमी आउँछ । मादक पदार्थ सेवन तथा तीव्र गतिले पनि कतिपयले अकालमै ज्यान गुमाएका छन् ।'

उपत्यकमा २८ हजार मोटरसाइकल तथा स्कुटर दुर्घटना

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को ५ वर्षको अवधिमा काठमाडौँमा मात्रै ९ सय ४९ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । प्रहरीको तथ्यांक अनुसार अधिकांस मोटरसाइकल चालक उपत्यकामा सवारी दुर्घटना पर्ने गरेका छन् ।

उपत्यकाका सडकमा गुड्ने मोटरसाइकल तथा स्कुटर नै मुख्य दुर्घटनामा संलग्न रहेको देखिन्छ । पाँच वर्षमा २८ हजार १२ मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट प्रभावित भएका देखिन्छन् ।

 

यस्तो छ पाँच वर्षमा उपत्यकामा दुर्घटनामा संलग्न सवारी साधन

आर्थिक वर्ष

ट्रिपर / ट्रक

बस

माइक्रो

कार/भ्यान, जीप

मो.सा/ स्कुटर

ट्याम्पो/ट्याकटर

अन्य

जम्मा

२०७३/७४

१४००

११६८

४१३

३२७०

३३४९

१३०

१००

९८३०

२०७४/७५

१५८०

१३२७

४१०

३८९०

४०६५

१०३

१३१

११५०७

२०७५/७६

१७९१

१९५१

३६५

५३०५

५५११

१३८

१२९

१५१९०

२०७६/७७

१७३१

२०३५

२६९

६५६४

७१४२

१४७

१५८

१८०४६

२०७७/७८

१६६०

११७४

१०५

५८४१

७९४५

१२३

२१५

१७०६३

जम्मा

७६५५

२४८७०

१५६२

२४८७०

२८०१२

६४१

 ७३३

 

                         

हत्केलमा ज्यान

पछिल्लो समय सडक दुर्घटनाका घटनाले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या भयाबह रुपमा बढेको छ । सडक दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही नै हो। सडकमा निस्केपछि सबैलाई हतार हुने गर्दा नै धेरै जसो दुर्घटना हुने गरेका छन् ।

 उपत्यकमा हुने अधिकांस दुर्घटनामा सवारी चालकको लापरबाही नै प्रमुख कारण रहेको ट्राफिक प्रवक्ता संजिव शर्मा दास बताउँछन् । चालकले धैर गर्ने हो भने दुर्घटनामा कमी आउने शर्मा बताउँछन् । 'घरबाट निस्कदा बाटोमा हतार गर्नुभन्दा बाटोलाई समय छुट्याएर यात्रा गर्दा आफूसँगै अन्यको समेत ज्यान सुरक्षित रहन सक्छ'  शर्मा भन्छन् । सबैभन्दा चालकले आफ्नो र परिवारप्रतिको जिम्मेवारी सम्झिने हो भने पनि धेरै हदसम्म दुर्घटना कम हुने शर्माको भनाई छ ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x