घटना-दुर्घटना

सुनकोशीमा बेपत्ता सीटीइभीटीका योजना महाशाखा निर्देशक भुर्तेलकाे शव फेला

इकागज |
जेठ २६, २०८० शुक्रवार १४:३० बजे

काठमाडौँ- जिप दुर्घटना हुँदा सुनकोशी नदीमा बेपत्ता भएका सीटीइभीटीका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेललाई शव फेला परेकाे छ । ​भुर्तेलको शव आज (शुक्रबार) उदयपुरको ताप्ली गाउँपालिका-५ निबुवाटारस्थित सुनकोशीमा फेला परेको इलाका प्रहरी कार्यालय ताप्लीले जनाएको छ ।

जेठ १९ गते मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अन्तर्गत गोलन्जर गाउँपालिका-७ लौकुनमा भएको जिप दुर्घटनामा महाशाखा निर्देशक भुर्तेलको हराइरहेका थिए ।


यसअघि सीटीइभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीइभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको थियाे ।

 


Author

थप समाचार
x