घटना-दुर्घटना

बुटवलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
जेठ २०, २०८० शनिवार २१:४८ बजे

बुटवल- बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठाेक्किएका थिए ।


दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x