घटना-दुर्घटना

बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

इकागज |
जेठ २०, २०८० शनिवार १८:२६ बजे

फाइल फोटो

बाजुरा - बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु भएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाईवस्तुलाई घाँस काट्न गएका बेला शनिबार बिहान रुखबाट खसेर एक युवाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडासदस्य लोकेन्द्र रोकायाले बताए । रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिबार बिहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो ।


Author

थप समाचार
x