घटना-दुर्घटना

धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु

इकागज |
चैत १५, २०७९ बुधवार १८:४३ बजे

धनगढी- धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।


मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किने बेला  थापाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादुर बोहराले जानकारी दिए ।


Author

थप समाचार
x