घटना-दुर्घटना

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई दर्जन बढी घाइते

इकागज |
चैत ७, २०७९ मगलवार ८:५१ बजे

कैलाली - सोमबार साँझ जोशीपुर गाउपालिका ७ हजारीबारामा सुगरखालबाट भजनीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन । से १ त ८८७० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार भजनी नगरपालिका ९ बस्ने वर्ष १४/१५ की चाहाना चौधरी र सोही ठाउँकी ४५/४६ वर्षकी दिल रानी चौधरी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार ट्र्याक्टर दुर्घटनामा घाइते मध्ये चाहना र दिलरानीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


अन्य घाइतेको घोडाघोडी अस्पताल सुखड र बर्दगोरिया अस्पताल बौनियाँमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x