घटना-दुर्घटना

आगलागीबाट चार घरमा क्षति

इकागज |
माघ २३, २०७९ सोमबार २०:४३ बजे

फाइल फोटो

हुम्ला - हुम्ला जिल्लाको उत्तरी भेगमा हिमपात हुँदाहुँदै पनि सिमकोट गाउँपालिका–७ मा डाँडाफया गाउँका आगलागी भएको छ ।

सो स्थानमा आगलागी हुँदा रु ८२ लाख ९५ हजारभन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख गीताप्रसाद चौधरीले बताए । स्थानीयवासी दीपक सिंह, शक्ति सिंह, कालु सिंह र छक्क सिंहको घरमा आगलागी भएको हो । 


धारापोरी चौकीको सहयोग र जिल्ला प्रहरी कार्यालयका मनि गुरुङको नेतृत्वमा थप सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल उक्त घटनास्थलमा गएर स्थानीय बासिन्दा सक्रिय भई आगो निभाइएको छ । 
 


Author

थप समाचार
x