घटना-दुर्घटना

फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

इकागज |
माघ १६, २०७९ सोमबार २१:९ बजे

मकवानपुर- मकवानपुर प्रहरीले १९ वर्षपछि फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । १९ वर्षअघि सवारी दुर्घटनाको मुद्दामा प्रतिवादी एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, लेवटमा २०६० साल जेठ २४ गते बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो । ना २ ख २९४६ नम्बरको ट्रक र बा १ ख ८२२० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना हुँदा बस चालक देविप्रसाद आचार्यसहित ३ जनाको मृत्यु भएको थियो ।


दुर्घटना पश्चात फरार रहेका ट्रक चालक साविक चुरियामाई गाविस–४, सानोसुकौली घर भई हाल मनहरी गाउँपालिका–९, ज्यामिरे बस्ने ४७ वर्षीय राजु लामालाई मनहरी–९, ज्यामिरेबाटै प्रहरीले माघ १४ गते पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लामालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Author

थप समाचार
x