घटना-दुर्घटना

रुपन्देहीमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
मंसिर २०, २०७९ मंगलबार १२:१२ बजे

प्रतिकात्मक तस्वीर

रुपन्देही- रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको  छ । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा १ ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x