घटना-दुर्घटना

रूपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
मंसिर १९, २०७९ सोमवार २०:२५ बजे

काठमाडौं- रूपन्देहीको शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिँदा रूपन्देहीकै बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनी गम्भीर घाइते भएका थिए ।


उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । 

टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x