घटना-दुर्घटना

मधेशका मिडिया काउन्सिल अध्यक्ष भट्टराईकाे निधन

इकागज |
मंसिर १७, २०७९ शनिबार १२:५ बजे

जनकपुरधाम। मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारण सभामा सहभागी हुन लालबन्दीको पत्थरकोटामा रहेकै शुक्रबार राति समयमा निधन भएको छ ।

राति पत्थरकाेटस्थित होलिडे रिसोर्टमा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान खोजी हुँदा मात्रै उनी मृत्यु भएको अवस्थामा भेटिएकाे हाे। बिहान साधारणसभा सुरु हुनै लाग्दा उनको खोजी भएको थियो ।


हातमा औषधि समेत रहेको र औषधिहरु समेत कोठामा छरिएको अवस्थामा त्यहा फेला परेको छ भने कोठामा वान्ता भएको समेत पाइएको छ । भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पूर्व केन्द्रिय उपभापति समेत हुन् ।


Author

थप समाचार
x