जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु
जुम्ला- जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ । जुम्ला प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका उक्त युवकको उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिमतर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका-७ शतिगाउँका अन्दाजी २८/२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएको प्रहरी निरीक्षक धर्मराज जोसीले बताए ।
उनका अनुसार बेहोस अवस्थामा फेला परेका जैसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो ।
प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारका क्रममा मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ। उक्त स्थानमा थप अनुसन्धानको प्रहरीको टोली खटिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया