घटना-दुर्घटना

सवारी दुर्घटनामा भक्तपुरका २८ वर्षीय युवकको मृत्यु

इकागज |
मंसिर ११, २०७९ आइतबार १३:४९ बजे

काठमाडौं – सवारी दुर्घटनामा भक्तपुर नगरपालिका–१ क्वाँछेका फसिकवाको २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको छ । मध्यपुर ठिमी अस्पताल भक्तपुरमा  उपचारको क्रममा उनको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका–७ गोलमडीका ३२ वर्षीय  सुनिल ग्वाछा सोही अस्पतालमा उपचारारत छन् ।

 शनिबार राति ११ बजे  भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ पुरानोठिमी हुकाम ओरालोमा दुवाकोटबाट पुरानोठिमी तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च. ४२९३ नं. को महेन्द्र म्याक्सीमो गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा. १० प. ९५०८ नं. को मोटरसाईकल एक आपसमा ठक्‍कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी गराएको छ । 


सिन्धुलीको  फिक्कल गाउँपालिका घर भई भक्तपुर दुवाकोट बस्दै आएका चालक दाताराम पहाडीलाई भने प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

  


Author

थप समाचार
x