घटना-दुर्घटना

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

इकागज |
मंसिर ११, २०७९ आइतवार १०:३४ बजे

तेह्रथुम - तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिए । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को २१ प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो । 

म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 



Author

थप समाचार
x