घटना-दुर्घटना

दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

इकागज |
मंसिर १०, २०७९ शनिवार १७:२५ बजे

धनगढी- कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटना स्थलमै मृत्यु भएको थियो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ ।

पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए ।


Author

थप समाचार
x