घटना-दुर्घटना

भरतपुरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ७:४८ बजे

भरतपुर - भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गएराति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।


शव भरतपुर अस्पतालको शवगृहमा राखिएको र अहिलेसम्म पहिचान हुन नसकेको उनले बताए। 


Author

थप समाचार
x