घटना-दुर्घटना

अपडेट

अमलेखगञ्ज बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ज्यान गुमाउनेमा नौ पुरुष र पाँच महिला

इकागज |
असोज २०, २०७९ बिहीबार १३:१६ बजे

बारा - बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हालसम्म १४ जनाको मृत्‍यु भएको हो ।


प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन । थप विस्तृत विवरण आउँन बाँकी...


Author

थप समाचार
x