घटना-दुर्घटना

जीपको ठक्करबाट श्रीमानको मृत्यु श्रीमती घाइते

इकागज |
असोज १९, २०७९ बुधवार १८:२६ बजे

काठमाडौँ-   भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो ।

टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


Author

थप समाचार
x