घटना-दुर्घटना

छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु

इकागज |
असोज १६, २०७९ आइतवार १३:३८ बजे

मकवानपुर - बागमती प्रदेशको विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा परेर ६ जनाको मृत्यु भएको छ । प्रदेशको  नुवाकोट, धादिङ, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा भएको घटनाबाट ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको  हो ।

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ६ का ६५ वर्षीय ईन्द्रबहादुर पाठक आफ्नै घर पोत्ने क्रममा करेन्ट लागी घाइते भएकोमा उपचारको क्रममा काठमाडौँस्थित विपी हस्पिटल बसुन्धारामा मृत्यु भएको छ । नुवाकोटकै विदुर नगरपालिका १३ का ५४ को कृष्ण दमाईले आफ्नै झुण्डिएर आत्महत्या गरेका छन् ।


यता धादिङ जिल्ला थाक्रे गाउँपालिका ४ लितीमा १ जानको मृत्यु भएको छ । आग्रखोला नजिकै फुटबल चौर बनाउनको लागी माटो निकाल्दा भएको खाल्डोमा जमेको पानीमा परेर सन्त गोलेको छोरा अन्दाजी १४ वर्षको संजय गोलेको डुवेर मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि काठमाडौ टिचिङ हस्पिटल लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ जिल्लाकै बेनिघाट रोराङ गाउँपालिका ५ कृष्णभीरमा सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् ।

पृथ्वी लोकमार्गमा काठमाडौबाट बर्दिया जादै गरेको बा प्र ०२-०३१ प ०८३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बर्दिया जिल्ला बाराबर्दिया गाउँपालिका ७ बस्ने २९ वर्षीय बसन्ती पोखरेल मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी सिन्धुली जिल्ला घ्याङखेल ४ मा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । स्थानीय ६८ वर्षिय जित बहादुर आलेको आफ्नै घरमा राखेको मिलमा धान कुट्ने मिल चलाई रहेको अवस्थामा चट्याङले हानेर मृत्यु भएको हो ।

यसैगरी चितवन जिल्ला रत्ननगर नगरपालिका २ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  टाँडीबाट सुब्बाचोक तर्फ जाँदै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र जयमंगलाबाट खानेपानी ट्याङ्की तर्फ बाटो क्रस गर्दै गरेको बा १७ च ७७७७ नम्बरको को कार एकापसमा ठोक्किँदा मोटरसाइकल चालक चितवन रत्ननगर १४ लौरीघोल बस्ने ५१ वर्षीय रामबहादुर गुरुङ घाइते भएका छन् ।

मोटरसाइकल पछाडि सवार गुरुङकी श्रीमती ४० वर्षीय सुमित्राको टाउकोमा चोट लागि गम्भीर घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु प्रदेश प्रहरीले जनाएको छ ।

यता मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको धरानचतरा सडकखण्डमा हेटौडाबाट जुरेलीतर्फ आउदै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्याक्टरमा सवार लेवर काम गर्ने अन्दाजी २३ को सुमन गुडिरहेको ट्याक्टरबाट खसेर घाइते भएकोमा उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x