अर्घाखाँचीकाे डमरु दहमा डुबेर एककाे मृत्यु
अर्घाखाँची- अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएकाे छ ।
दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीकाे घटनास्थलमै ज्यान गएकाे हाे ।
विहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानीयले पानीमुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए ।
उद्धार गर्नासाथ नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याइएकाे छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घाेषणाका लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएकाे हाे ।
पानीमुनीबाट उद्धार गरिएका नेपालीकाे घटनास्थलमै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक हाेमनाथ रेग्मीले बताए । 'यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घाेषणा नगरेसम्म मृत भन्न मिल्दैन,' रेग्मीले भने, 'तर उहाँ जिवित भने हुनुहुन्न ।'
नेपालीकाे परिवारमा आमा, श्रीमती र दुई छाेरी छन् । श्रीमती भने राेजगारीका क्रममा भारतमा रहेकी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया