घटना-दुर्घटना

विभिन्न घटनामा ६ जनाको मृत्यु

इकागज |
असोज १६, २०७९ आइतबार ७:३३ बजे

मकवानपुर- बागमती प्रदेशको विभिन्न जिल्लामा फरक-फरक घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको  नुवाकोट, धादिङ, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा भएको घटनाबाट ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको  हो ।


नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ६ का ६५ वर्षीय ईन्द्रबहादुर पाठक आफ्नै घर पोत्ने क्रममा करेन्ट लागी घाइते भएकामा उपचारका क्रममा काठमाडौँस्थित विपि हस्पिटल बसुन्धारामा मृत्यु भएको छ । नुवाकोटकै विदुर नगरपालिका १३ का ५४ को कृष्ण दमाईले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

यता धादिङ जिल्ला थाक्रे गाउँपालिका ४ लितीमा १ जानको मृत्यु भएको छ । आग्रखोला नजिकै फुटबल चौर बनाउनका लागि माटो निकाल्दा भएको खाल्डोमा जमेको पानीमा परेर सन्त गोलेका छोरा अन्दाजी १४ वर्षका संजय गोलेको डुबेर मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारका लागि काठमाडौँ टिचिङ हस्पिटल लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ जिल्लाकै बेनिघाट रोराङ गाउँपालिका ५ कृष्णभीरमा सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् । पृथ्वी लोकमार्गमा काठमाडौँबाट बर्दिया जाँदै गरेको बा.प्र ०२ -०३१ प ०८३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा बर्दिया जिल्ला बाराबर्दिया गाउँपालिका ७ बस्ने २९ वर्षीया बसन्ती पोखरेल घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी सिन्धुली जिल्ला घ्याङखेल ४ मा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । स्थानीय ६८ वर्षीय जितबहादुर आलेको आफ्नै घरमा राखेको मिलमा धान कुट्न मिल चलाई रहेको अवस्थामा चट्याङले हानेर मृत्यु भएको हो ।

यसैगरी चितवन जिल्ला रत्ननगर नगरपालिका २ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  टांडीबाट सुब्बाचोक तर्फ जाँदै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र जयमंगलाबाट खानेपानी ट्याङ्की तर्फ बाटो क्रस गर्दै गरेको बा १७ च ७७७७ नम्बरको कार एकापसमा ठोक्किदा मोटरसाइकल चालक चितवन रत्ननगर १४ लौरीघोल बस्ने ५१ वर्षीय रामबहादुर गुरुङ घाइते भएका छन् ।

मोटरसाइकल पछाडी सवार गुरुङकी श्रीमती ४० वर्षीया सुमित्राको टाउकोमा चोट लागि गम्भीर घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु प्रदेश प्रहरीले जनाएको छ ।

यता मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको धरानचतरा सडकखण्डमा हेटौंडाबाट जुरेली तर्फ आउँदै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्याक्टरमा सवार लेवर काम गर्ने अन्दाजी २३ का सुमन लो गुडिरहेको ट्याक्टरबाट खसेर घाइते भएकोमा उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x