घटना-दुर्घटना

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

इकागज |
असोज १२, २०७९ बुधबार १७:७ बजे

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।    
    
 मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।    
    
भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।    
 



Author

थप समाचार
x