बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्बी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया