घटना-दुर्घटना

मनास्लुमा हिमपहिरो : घाइतेकाे अझै उद्धार गर्न सकेन होलिकोप्टरले

इकागज |
असोज १०, २०७९ सोमबार १६:३१ बजे

काठमाडौं– गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी कम्तिमा १० जना घाइते भएका छन् । हिमाल आरोहीलाई अक्सिजनलगायत सामग्री लिएकाहरु हिमपहिरोमा फसेका थिए । 

उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको भएपनि मौसम खराबीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।


मनास्लु हिमालको दुई थुम्काको बीचबाट हिम पहिरो झरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । ‘उद्धारका लागि हेलिकोप्टर आएको हो, तर उद्धार गर्न सकिरहेको छैन,’ गुरुङले इकागजसँग टेलिफोनमा भनिन्, ‘मौसम खराबीका कारण समस्या भइरहेको छ ।’ उनले क्षति के कति भएको छ भन्नेबारे पुष्टि हुन नसकेको बताइन् ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पाँचै जना आरोही नेपाली भएको अनुमान गरिएको छ ।

पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । विस्तृत विवरण आइसकेको छैन ।
 


Author

थप समाचार
x