घटना-दुर्घटना

मनास्लुमा हिमपहिरो, ५ आरोही बेपत्ता

इकागज |
असोज १०, २०७९ सोमवार १४:४५ बजे

सांकेतिक तस्वीर

काठमाडौं– गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी ५ हिमाल आरोही बेपत्ता भएका छन् ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पाँचै जना आरोही नेपाली भएको अनुमान गरिएको छ ।


अहिले उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको कार्यालयका एसपी केदार खनालले जानकारी दिए । ‘मानवीय क्षतिबारे पुष्टि भएको छैन,’ उनले भने, ‘अहिले तत्काल उद्धारको प्रयास भइरहेको छ ।’ 
 


Author

थप समाचार
x