घटना-दुर्घटना

भिमफेदी दुर्घटना : पाँच जनाको सनाखत, दुईको अझै पहिचान भएन (अपडेट)

इकागज |
असोज ७, २०७९ शुक्रवार ७:३० बजे

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरीखेतमा बिहीबार दिउँसो बस दुर्घटनामा ज्यान गुमाएका दुई जनाको अझै पहिचान खुलेका छैन । दुर्घटनामा मृतक सात जनामध्ये अहिलेसम्म पाँच जनाको पहिचान भएको छ ।

अरु दुई जनाको अझै पहिचान खुल्न सकेको छैन । मृतक मध्यमा नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ वर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, मकवानपुर गढी–२ का ४३ वर्षीय मदन बिक र विरगंज ३१ पर्साका ४२ वर्षीय हृदय नारायण पंजियार रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।


काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।

करीब ६० मिटर तल बस झर्दा बसमा सबार ६ जनाको घटना स्थलमै र एक जनाको उपचारार्थ हेटौंडा ल्याउँदै गर्दा बाटोमा ज्यान गएको थियो । दुर्घटना हुँदा बसमा ठोक्किएर बाराबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो ।

बस दुर्घटनामा घाइते भएका २५ जना मध्यमा १९ पुरुष, ४ महिला र २ बालिका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना गम्भीर अवस्थामा रहेकाहरुलाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अरुको हेटौंडाका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x