घटना-दुर्घटना

दार्चुला दुर्घटना : मृतक र घाइतेकाे पहिचान खुल्याे

इकागज |
भदौ १, २०७९ बुधवार १९:० बजे

दार्चुला । जिप दुर्घटनामा परी मृतत्यु हुनेहरुकाे सनाखत भएकाे छ । प्रहरीका अनुसार पुने बाेहरा, उज्जवल बाेहरा, हिक्मत जाग्री रहेका छन् । त्यस्तै रैभान बाेहरा र चम्का बाेहराकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । रैभान र चम्का पति-पत्नी हुन् ।

मृतक सबै बुंगल नगरपालिका बझाङका हुन् ।


जिप दुर्घटनामा परी घाइतेहरुको सनाखत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ३ बस्ने वर्ष ५० कि गोमति धामी घाइते भएको बताइएको छ भने वडा नं ३ बस्ने वर्ष ३० कि गोमति धामी, मालिकार्जुन गाउँपालिका वडा नं ६ बस्ने अन्दाजी ४० वर्षकि रेवती धामी रहेका छन् ।

त्यस्तै वडा नं ३ बस्ने वर्ष ४२ कि रुपा धामी जिप दुर्घटनाबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी जगत मगरले जानकारी दिए । यस्तै मालिकार्जुन गाउँपालिका वडा नं ३ का २१ वर्षका सुमन सिह धामी, महाकाली नगरपालिका वडा नं ३ बस्ने वर्ष ३५ का रमेश लोहार बैतडी डिलासैनी गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का प्रदिप राना बझाङ बुङगल नगरपालिका ८ का वर्ष ६८ का धन बहादुर जागरी तथा महाकाली नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ का दिलाराम कोली घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यी मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बझाङ बुङगल नगरपालिका ८ का वर्ष ६८ का धन बहादुर जागरी र महाकाली नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ का दिलाराम कोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्लालीको उल्लानी भन्ने ठाउँमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् । 

मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको हाे । जीप दुर्घटनामा परी ४ जना पुरुष र १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ


Author

थप समाचार
x