घटना-दुर्घटना

दार्चुला जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो, ९ घाइते

दीपक उपाध्याय |
भदौ १, २०७९ बुधबार १७:४५ बजे

कैलाली- दार्चुलामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा ९ घाइते छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्लालीको उल्लानी भन्ने ठाउँमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् । 


मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको हाे । जीप दुर्घटनामा परी ४ जना पुरुष र १ जना महिलाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।  घटनास्थलमा अहिले मालिकार्जुन बाट प्रहरी र स्थानीयहरु खटिएका छन् भने उद्दारको कार्य भइरहेको प्रारम्भिक खबर पनि प्राप्त भएको छ । यद्यपि घटना के कति कारणले भएको केही पनि जानकारी हुन सकेको छैन ।

विस्तृत विवरण आउन बाँकी रहेकाे छ । मृतकको सनाखत हुन सकेको छैन ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x