घटना-दुर्घटना

दार्चुलामा जीप दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

दीपक उपाध्याय |
भदौ १, २०७९ बुधबार १७:० बजे

प्रतिकात्मक तस्वीर

कैलाली- दार्चुलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्लालीको उल्लानी भन्ने ठाउँमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।



Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x