घटना-दुर्घटना

भरतपुरमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
साउन ३०, २०७९ सोमबार १८:२० बजे

फाइल फोटो

चितवन - चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका–२ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेल रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते पौडेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ​नारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको लु १३ प ४८०४ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ४ख ३९६९नम्बरको ट्यांकरले आज दिउँसो १ बजे ठक्कर दिएको थियो । 


दुबै सवारी साधन सहित ट्यांकर चालकलाई इलाका कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक भने सकुशल रहेका छन् । 


Author

थप समाचार
x