घटना-दुर्घटना

बझाङमा एउटै रुखमा झुन्डिएको अवस्थामा आमा, छाेरा र छाेरी मृत फेला

गए राति मात्रै भारतबाट फर्किएका श्रीमान प्रहरीकाे नियन्त्रणमा

दीपक उपाध्याय |
साउन २५, २०७९ बुधबार १५:५५ बजे

बझाङ । बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्।

मृत भेटिनेमा पुष्कर पार्कीकी २२ वर्षीया श्रीमती गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको प्रहरीले जनाएको छ । घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थिले बताए ।


मृतक गीता पार्कीका श्रीमान गए राति मात्रै भारतबाट फर्किएको बताउँदै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x