घटना-दुर्घटना

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

इकागज |
साउन २२, २०७९ आइतवार २१:६ बजे

फाइल तस्बिर

काठमाडौँ- आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् ।

छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन् ।


उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुमन पनि अचेत रहेको र उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x