घटना-दुर्घटना

महोत्तरीमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास

इकागज |
साउन २२, २०७९ आइतवार १८:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् ।

शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको छ । घरायसी विवाद हुँदा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


भंगहा नगरपालिका-१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका-८ का शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।

शनिबार राति भएको घटनामा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने छोरी प्रमिलादेवीको हात, खुट्टा र छाती जलेको छ । सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्‍ने शंकर सदा फरार छन् । वैदेशिक रोजगारबाट फर्केका शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।


Author

थप समाचार
x