घटना-दुर्घटना

बेहोस भएका विद्युतका कर्मचारीको मृत्यु

इकागज |
साउन २१, २०७९ शनिबार २१:१४ बजे

फाइल तस्बिर

नुवाकोट- नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको खेल खेल्ने क्रममा बेहोस हुँदा ज्यान गएको छ । फुटसल खेल्ने क्रममा विद्युत प्राधिकरण चौघडा सबस्टेसनका कर्मचारी कृष्ण राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लिखु गाउँपालिका-४ चौघडा घर भएका २९ वर्षीय राई विदुर नगरपालिका-५ पिपलटारमा रहेको फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहोस भएपछि उपचारको क्रममा त्रिशूली अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


फुटसल खेल्दा असहज भएर आराम गरिरहेका राई एक्कासी बेहोस भएका थिए । उनको मुटुको भल्ब केही वर्षअघि फेरिएको बताइएको छ ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरि शव आफन्तको जिम्मा लगाइएको छ । 


Author

थप समाचार
x