घटना-दुर्घटना

मोटरसाइकलकाे ठक्करबाट महिलाको ज्यान गयो

इकागज |
साउन २०, २०७९ शुक्रबार १९:३७ बजे

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदी चोक नजिकै मोठरसाइकलले ठक्करबाट एक महिलाको मृत्यु भएको हो । मोटरसाइकलले ठक्कर  दिँदा घाइते भएकी वीरेन्द्रनगर १० की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीका अनुसार घाइते नेपालीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको कार्कीले जानकारी दिए । 


Author

थप समाचार
x