घटना-दुर्घटना

कैलालीमा सात वर्षीया बालिका मृत फेला

इकागज |
साउन २०, २०७९ शुक्रवार १८:७ बजे

फाइल तस्बिर

कैलाली- कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर-१ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत फेला परेकी हुन् ।

बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।


उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन्। उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।


Author

थप समाचार
x