घटना-दुर्घटना

काठमाडौँको तिलिङगेटारमा एक जना मृत फेला

इकागज |
असार १८, २०७९ शनिबार १८:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौँ महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् ।  

मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेका छन् । उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताए । 


प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ लगिएको छ ।


Author

थप समाचार
x