घटना-दुर्घटना

भारतीय जङ्गलमा निउरो टिप्‍न गएका एक जनाको गोली लागेर मृत्यु

इकागज |
असार १७, २०७९ शुक्रबार २०:३२ बजे

फाइल तस्बिर

बर्दिया- बर्दियाको गुलरिया नगरपालिका-३ मा भारतीय जङ्गलमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्‍न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।

उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए । गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताए । शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ । रासस



Author

थप समाचार
x