मकवानपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
हेटौंडा- मकवानपुरमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ । कान्तिलोक पथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख नजिकै फलाम बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौंडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडकबाट अन्दाजी २००/२५० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा ट्रक चालक भारतको पट्ना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेको मकवानपुर प्रहरीले बताएको छ । ट्रक चालकको शव गाडीको स्टेरिङमा अड्केर रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव भने हामफालेर बाचेको जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया