घटना-दुर्घटना

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

इकागज |
असार १७, २०७९ शुक्रवार १७:१८ बजे

फाइल फोटो

इलाम - इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । 

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको प्रत्यक्षदर्शी मिलन दाहालले जानकारी दिए । 


गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको नाम खुल्न बाँकी छ ।


Author

थप समाचार
x