घटना-दुर्घटना

तीन दिनदेखि बेपत्ता बालकको शव फेला

इकागज |
असार १७, २०७९ शुक्रबार १४:२७ बजे

कैलाली- खोलामा नुहाउने क्रममा तीन दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका-१९ का ११ वर्षीय निखिल विकको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

१५ गते पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । प्रहरीका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा शव भेटिएको हो । उनी साथीहरूसँग पौडी खेल्न गएको बुझ्‍न आएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x