घटना-दुर्घटना

स्कुल बसले किच्दा बालकको मृत्यु, बालिका गम्भीर

इकागज |
असार १४, २०७९ मंगलबार १८:१२ बजे

विराटनगर - मोरङको रंगेली नगरपालिका–७ मा स्कुल बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत ५ वर्षीय बालकको मृत्यु भएको छ । ​माउण्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलको बसले मंगलबार अपरान्ह सोही विद्यालय छुट्टि भएर निस्किँदै गरेका बालबालिकालाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट रंगेली नगरपालिका–७ का महादेव मण्डलका छोरा ५ वर्षीय दिव्यहंश मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । बसको ठक्करबाट रंगेली–६ चोप्राहा बस्ने नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । 


उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि आक्रोशित बनेका अभिभावकहरूले बसमा तोडफोड गरेका छन् ।

उनीहरुले विद्यालयको लापरवाहीले दुर्घटना भएको आरोप लगाएका छन् ।


Author

थप समाचार
x