घटना-दुर्घटना

सिन्धुपाल्चोक कारागारमा रहेका एक थुनुवाको मृत्यु

इकागज |
असार ११, २०७९ शनिबार १३:२४ बजे

प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४२ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।
बिहान हृदयघात भएपछि उनी बसेकै ठाउँमा ढलेका थिए । उनलाई उपचारका लागि चौतारा अस्पताल लगिएको थियो । उपचाररत अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


मृतकको आफन्त आइपुगेपछि पोस्टमार्टम गरिने अस्पतालले जानकारी दिएको छ ।
 


Author

थप समाचार
x